ताजा समाचार

संविधान संशोधन प्रस्ताव संसद्‌मा पेस

काठमाडौं । संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ ।

कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन् ।

मन्त्री तुम्वाहाङ्फेले नेपालको वास्तविक सीमाअनुरुपको नक्सा जारी भइसकेको हुनाले संविधानको अनुसूचीमा रहेको निशान छाप पनि सोहीअनुसार मिलाउनका लागि संविधान संशोधन गर्नुपरेको बताएकी थिइन् ।

उनले अनुसूचीअनुसार नेपालको वास्तविक नक्सासँग मिलाउन संविधान संशोधन आवश्यक रहेको बताएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org