ताजा समाचार

बाजुरामा मृत्यु भएकी बालिकामा कोरोना, आमा पनि संक्रमित

डडेल्धुरा ।  जिल्ला अस्पाताल बाजुराको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि भएको छ।

अस्पतालको आइसोलेसन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो। धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयल डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गरे।

पुष्टि भएसँग सुदूरपश्चिममा कोरोना भाइरसबाट यो पहिलो मृत्यु हो। मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ। मृतक बालिकासहित आमाबुबालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो। जेठ १६ गते तीनै जनाको स्वाब धनगढी पठाइएको थियो। जिल्ला अस्पतालका डाक्टर रूपचन्द्र विश्वकर्माका अनुसार मृतक बालिकामा झाडापखला, उच्च ज्वरो, श्वासप्रश्वासम्बन्धी समस्या देखिएको थियो। क्वारेन्टाइनमा रहेकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको थियो। आइतबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

डाक्टर विश्वकर्माका अनुसार ती बालिकालाई जेठ १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। चार दिनसम्म स्रोतसाधनले भ्याएसम्म उपचार गरे पनि बालिकालाई बचाउन नसकिएको उनले बताए। डाक्टर विश्वकर्माका अनुसार उनलाई इन्ट्रोभेसन (आइभी) एन्टिबायोटिक औषधि र अक्सिजन दिई उपचार गरिएको थियो। आठ दिनअघि भारतबाट फर्किएकी ती बालिकालाई बूढीगंगा नगरपालिका– १ को एक स्थानीय क्वारेन्टाइनमा राखिएको थियो।

अघिल्लो सामाचारमा डडेल्धराका ६ बर्षिय बालक भनिएको मा बाजुराका बालिका हुन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org