ताजा समाचार

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पूर्वाधार निर्माण गर्न बजेट चाहियो : बालकृष्ण खाँड

काठमाडाैँ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले कागजमा कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्सा समेटिनु नेपालीको लागि सुखद् विषय भएको बताएका छन् ।

संविधान संशोधनको क्रममा त्यसको पक्षमा नेपाली कांग्रेसले मतदान गर्ने प्रतिवद्धता पनि खाडले जनाएका छन् ।

बजेटमाथिको छलफलमा कागजमा जग्गा लिए पनि व्यावहारिक रूपमा ल्याउनको लागि सरकारले प्रतिवद्धता देखाउन नसकेको उनको आरोप छ । कालापनी, लिपुलेक, लिम्पियाधुरमा संरचना बनाउनको लागि बजेट विनियोजन गर्न उनले आग्रह गरेका छन् ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटियो, त्यसको लागि सरकारले संविधास संशोधन दर्ता गारएको छ । त्यसको लागि स्वागत गर्न चाहन्छ’ खाँणले भने ‘के त्यो जग्गा कागजमा मात्रै हो/हैन भने त्यहाँ स्वास्थ्य चौकी बनाउन, बाटो बनाउन, प्रहरी चौकी बनाउन, पुल बनाउनलाई खई बजेट, बजेट विनियोजन गरियोस् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org