ताजा समाचार

कहाँकहाँ चुक्यो बजेटः बाबुरामका ७ सुझाव

 

काठमाडौ । समाजवादीका नेता तथा सांसद बाबुराम भट्टराईले सम्पतिको अभिलेखिकरण गर्नुपर्ने लगायत बजेटमा सातवटा सुझाव दिएका छन् ।

बजेटमाथिको छललफलमा भाग लिँदै डा. भट्टराईले आइतबार प्रतिनिधि सभामा यस्तो विचार व्यक्त गरेका हुन् । उनले संकट समाधान गर्न किसिमको बजेट नआएाके भन्दै  जेटको गतिमा उड्नु छ तर कछुवाको गतिमा बजेट आएको बताए ।

उनले अर्थतन्त्रको स्वरुप के हो ? भन्ने  वैचारिक स्पस्टता हुन जरुरी रहेकोमा त्यो नभएकाले यस वर्षको बजेट पनि परम्परागत ढंगले नै आएको बताए । उनले पुर्वी एशियाली मोडलको अर्थ नीति अपनाउनुपर्ने भन्दै उक्त मोडलले नै राज्य बजारको सम्बन्ध राख्न सक्ने बताए ।

 

१. सम्पतिको अभिलेखिकरण गरौँ र सम्पत्तिमाथि पनि कर लगाऔँः  सम्पत्ति घोषणा गरौँ यसै राजश्व बढ्छ ।

२.कृषिमा यन्त्रिकरणः कृषिमा यन्त्रिकरण गर्नुको विकल्प छैन । जमिन बाँझो राखेका छौँ, त्यो बन्द गरौैँ । त्यसैले प्राकृतिक स्रोत साधन स्रोतलाई राष्ट्रियकरण गरौँ ।

३. शिक्षा र स्वास्थ्य राज्यको दायित्वः  शिक्षा र स्वास्थ्यको दायित्व राज्यले नै लिन जरुरी छ । गुणस्तरीय शिक्षा सुधार गरौँ । नीजि विद्यालयलाई सार्वजनिक विद्यालय जिम्मा दिने कुरा हावादारी हो । यस्तो योजनाले शिक्षामा गुणस्तर बढ्दैन । शिक्षा र स्वास्थ्यलाई नाफा भन्दा पनि सेवाको क्षेत्रको रुपमा विकास गरौँ ।

४.रोजगारी सिर्जनाः टाकनटुकन योजना आए तर यो प्रयाप्त भएन । सुधार गरेर बजार र उत्पादनको व्यवस्थापन गरौँ । भारतसँगको गैर पारस्पारिक सम्बन्धका आधारमा जान सकिए युवाहरु स्वरोजगार बन्न सक्छन् ।

५.आधारभूत ठूला पूर्वाधार ः यी पूर्वाधार भद्रगोल भए । सडक, विजुली लगायतमा मास्टर प्लान बनाऔँ । योजना बिना हामी काठमाडौ उपत्यकाका सांस्कृतिक सम्पदाको नष्ट गर्दैछौँ ।

६.एकीकृत सामाजिक सुरक्षाः सबैलाई आधारभूत जीवन निर्वाहकोे व्यवस्था गर्नुपर्छ । जातपात प्रथा भएसम्म सामाजिक न्याय पनि हुँदैन र श्रम गर्ने संस्कार हुँदैन ।

७. कर्मचारीमा पुर्नसंरचनाः  कर्मचारी संचरना भत्काऔँ । केन्द्रमा यति धेरै ५० हजार  कर्मचारी काम छैन । सांसद विकास कोेष किन चाहियो ? यो रकम अन्य क्षेत्रमा खर्च गर्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org