ताजा समाचार

बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी बीरबहादुर वलीका अनुसार नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । उनीहरु सबै भारतमा मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेको खुलेको एसपी वलीले बताए ।

उनका अनुुसार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा ११ पुरुष र १ महिला छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको एसपी वलीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org