ताजा समाचार

एमसिसीको कार्यक्रम तीन वर्षदेखि नै बजेटमा छः अर्थमन्त्री खतिवडा

एमसीसीकाे रकम संसदबाट सम्झौता अनुमोदनपछि मात्र निकासा हुन्छ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसिसी) अन्तरगतका कार्यक्रम तीन वर्षदेखि नेपालमा चलिरहेको बताएका छन्।

करिब ५५ अर्ब रुपैयाँको उक्त कार्यक्रम अन्तरगत सरकारले तीन वर्षदेखि नै बजेट परिचालन गरिरहेको मन्त्री खतिवडाले बताएका छन्।  ‘एमसिसीको सहयोगमा तीन वर्षदेखि कार्यक्रम गर्दै आएका छौँ’, उनले भने, ‘आगामी वर्षको बजेटमा पनि उक्त कार्यक्रम राखिएको छ।’ मन्त्री खतिवडाले संसदबाट एमसिसी सम्झौता पारित भएपछि मात्रै उक्त कार्यक्रम अन्रतगतको रकम निकासा सम्भव हुने पनि बताएका छन्।

‘अमेरिकी सहयोगको रकम जुन बेला मात्रै निकासा हुन्छ, त्यो बेला मात्रै संसदबाट उक्त कार्यक्रम अनुमोदन हुन्छ’, उनले भने।  अमेरिकासँग तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेको एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ नेकपा अझै अनिर्णित छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक एमसिसी सम्झौता संसदबाट पारित गर्न दबाब दिइरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org