ताजा समाचार

भारतसँगका असमान सन्धि–सम्झौता खारेज गरौं : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँग विगतमा भएका सन्धि–सम्झौता खारेज गर्न माग गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताए ।

श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने बताए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले नेपाल सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न तयार रहेको बताए । ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

कूटनीतिक संवादका निम्ति भारत छिटो तयार हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘भारतलाई वार्तामा आउन आह्वान गर्दछु ।’

दुवै पक्षले अनावश्यक आक्रोश, आवेश वा उत्तेजनामा आउने काम गर्न नहुने श्रेष्ठको भनाइ छ । बैठकमा उनले भारतीय सेना प्रमुखले नेपालबारे राखेको धारणा आपत्तीजनक भएको बताए  । उनले भने, ‘नेपालबारे भारतीय सेना प्रमुख र पूर्व सचिवको भनाइ खेदजनक छ ।’

ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि भारतका सेना प्रमुख मनोजमुकुन्द नरभानेले नेपालले कसैको (चीन) इसारामा यस्तो काम गरिरहेको आरोप लगाएका थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org