स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना
काठमाडाैँ । सरकारले कोरोाना भाइरस (कोभिड–१९) को विश्वयापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ।
मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी संक्रमणबाट सुरक्षितरूपमा स्वदेश आउने, क्वारेन्टिनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने÷गराउने विषय समेटिएको छ।
कार्ययोजनामा स्वदेश फर्कने नागरिकको व्यवस्थापनका लागि कुन निकायले के काम गर्ने र कसरी सहजीकरण गर्ने भन्ने उल्लेख छ। सरकारले अलपत्र अवस्थामा रहेका भारतबाहेक देशबाट पहिलो चरणमा करिब २५ हजार नागरिक ल्याउने गृहकार्य गरिरहेको छ।
पहिचान र प्राथमिकीकरण परराष्ट्रले गर्ने
तेस्रो मुलुकबाट आउने नेपाली नागरिकको पहिचान, प्राथमिकीकरण, विवरण संकलन गरी सरोकारवाला निकायलाई उपलब्ध गराउने काम परराष्ट्र मन्त्रालयले गर्ने छ। त्यस कार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह, प्रदेश सरकार र स्थानीय तहले सहयोग पु¥याउनेछन्।
भारतबाहेक तेस्रो मुलुकबाट आउन उडाउन अनुमति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिने तथा परराष्ट्र र गृह मन्त्रालयले उक्त कार्यमा सहयोग पु¥याउनेछन्। विदेशबाट फर्कनेको होल्डिङ सेन्टर वा विमानस्थलमा स्वास्थ्य स्वघोषणा फाराम भर्न लगाउने र ज्वरो मापनलगायत स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा नेपाली सेना, प्रदेश सरकार र स्थानीय तहले सहयोग पु¥याउने व्यवस्था गरिएको छ। हवाईजहाजबाट आउने व्यक्तिले साथमा लिइ आएको सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्रको जाँच विमानस्थलमा खटिएको चिकित्सक टोलीले गर्नेछ।
मोबाइलको सिमकार्ड निःशुल्क उपलब्ध
विदेशबाट आएर होल्डिङ वा क्वारेन्टिनमा रहने व्यक्तिलाई नेपाल टेलिकम र एनसेलले निःशुल्करूपमा मोबाइलको सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाइने छ। प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टर र क्वारेन्टिनमा पु¥याउन यातायातका साधनको व्यवस्था सेना, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले गर्नेछ।
होल्डिङ सेन्टरको व्यवस्थापन नेपाली सेनाले गर्नेछ भने क्वारेन्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन नेपाली सेनासहितका सुरक्षा सङ्गठन र स्थानीय तहले गर्नेछन्।
क्वारेन्टिनमा लजिष्टिक सपोर्टको व्यवस्था स्थानीय तहले गर्नेछ भने त्यसमा शहरी विकास मन्त्रालय र प्रदेश सरकारले सहयोग पु¥याउनेछन्।
चौध दिन रु १७५ का दरले स्थानीय तहलाई रकम उपलब्ध
स्थानीय तहलाई क्वारेन्टिनको बन्दोबस्ती र त्यहाँ रहँदा खाना खर्चवापत प्रतिदिन प्रतिव्यक्तिवापत रु १७५ का दरले १४ दिनको रकम अर्थ मन्त्रालयबाट निकासा हुने व्यवस्था मिलाइएको उक्त कार्ययोजनामा उल्लेख छ। तेस्रो मुलुकबाट आउने यात्रुले हवाईभाडा र होटल क्वारेन्टिन खर्च स्वयंले व्यहोर्नुपर्ने छ।
क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सुरक्षासम्बन्धी कार्यको व्यवस्थापन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने छ भने समग्र कार्यको सञ्चालन, अनुगमन, नियन्त्रण र निर्देशन कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट जानकारी प्राप्त भएको छ।
Comments
अरु समाचार
-
कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल
एजेन्सि। कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट सन् २०२४ का निम्ति विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ । यो सूचीमा...
-
सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा
काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न...
-
भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता
काठमाडौं । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन्...
-
सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सर्न सक्छ–इम्यानुएल म्याक्रोन
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने सोमबार...
-
ईरानी आक्रमणपछि इजराइलले गाजामाथि थप दबाब बनाउने
काठमाडौं । ईरानले आक्रमण गरेपछि इजराइले गाजामाथि थप दबाब बनाउने बताएको छ। इजराइली सेनाले ईरानको आक्रमणपछि आफू युद्धबाट विचलित नहुने...
-
अमेरिकी राष्ट्रपति वाइडेको दबाबपछि इरान–इजरायल युद्ध तत्कालका लागि रोकियो
जेरुसलाम । शनिवार राति इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना...
-
इरानद्वारा इजरेलमा आक्रमण, राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै
काठमाडौं । इरानले इजरेलमा आक्रमण सुरु गरे सँगै राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ । गएराती इरानले दर्जनौ...
-
टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा ६० प्रतिशतले बढ्यो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ । चिनियाँ इन्टरनेट कम्पनी...
-
अष्ट्रेलियामा बाढीका कारण सामान्य जनजीवन प्रभावित
काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यापक बर्षपछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् । उत्तरपूर्वी सिड्नीमा...