ताजा समाचार

दैलेखमा थप १०५ जनामा कोरोना संक्रमण

काठमाडाैँ । दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लामा बिहीबार दिउँससम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना विशेष अस्पतालका रुपमा प्रयोग गरिएको कर्णाली प्रदेश अस्पताल ।
दैलेखको नारायण नगरपालिकामा ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २,भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दैलेखमा योसहित संक्रमितको संख्या २ सय १० पुगेको छ ।

मुगुका संक्रमित भने खत्याडका रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म गरिएको पीसीआर परीक्षणमा कोभिड–१९ पुष्टि भएका संक्रमितको संख्या २ सय १३ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org