ताजा समाचार

रुकुम हत्याकाण्डको छानविन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिममा नवाराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटनाको छानविन गर्न संसदीय विशेष समिति बनाउन आदेश दिएका छन्।

व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसदहरुले उठेर सर्वदलीय संसदीय समिति गठन गर्न माग गरेका थिए।

कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले रुकुम पश्चिमको चौरजहारी सोतीमा नवराज विकसहित ६ जनाको हत्या भएको र घटनालाई सामूहिक नरसंहार भएको भन्दै सर्वदलीय संसदीय समिति गठन गर्न राज्यका अभिव्यक्ति, गृहमन्त्री, महान्यायधिवक्ताका अभिव्यक्ति यो घटनालाई कमजोर बनाउने प्रयास भएको भन्दै तत्काल संसदीय समितिको माग गरेको बताइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org