ताजा समाचार

स्याङ्जामा एकै दिन थपिए १० संक्रमित

स्याङजा । स्याङ्जामा एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै स्याङजामा संक्रमित हुनेको संख्या २३ पुगेको छ। स्याङ्जाको वालिङ नगरपालिका घर भएका पालिका कै क्वारेन्टाइनमा बस्दै आएका ८ जना र हरिनास घर भएका सोही पालिकाको क्वारेन्टाइनमा बस्दै आएका २ जनामा कोरोना संक्रमण शनिबार बिहान पुष्टि भएको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षका पुरुष हुन। हरिनासका १८ र ४० वर्षका पनि पुरुष रहेको जनाइएको छ।

सबै संक्रमित सबै भारतबाट आएका हुन्। यस अघि वालिङमा भेटिएकी संक्रमित महिलासँगै आएको वालिङको समूह रहेको बताइएको छ। उनीहरु सबैलाई भीरकोट नगरपालिकास्थित कालिका सामुदायिक अस्पतालको आइशोलेशन वार्डमा राखिने भएको छ।

यसअघिका संक्रमितमध्ये ६ जना जिल्ला अस्पतालमा, ६ जना कालिका सामुदायिक अस्पताल, एक महिलाको पोखराको आइशोलेशनमा राखि उपचार भइरहेको छ। गण्डकी प्रदेशमा शनिबार १७ जना नयाँ संक्रमित थपिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org