ताजा समाचार

साैजन्य आधारभुत विद्यालय पाङ्गालाई समाजसेवी युवा खड्काद्वारा पचास हजार आर्थिक सहयोग

रुकुम (पुर्व)। समाजसेवी युवा नवचन्द्र खड्काले साैजन्य आधारभुत विद्यालय सिस्ने  गाउँपालीका वडा नं ३ पाङ्गालाई विद्यालयको लागी जग्गा खरिद गर्न रु ५०००१( अक्षेरुपीःपचास हजार १ रुपैया)  आर्थिक सहयोग गरेका छन ।

रुकुम पुर्व सिस्ने गाँउपालिका वडा नं ३ स्थायी घर भइ हाल अमेरिका अस्टिन टेक्सास मा रहेका समाजसेवी युवा खड्काले विद्यालयको जग्गा खरिद गर्नको लागी अर्थििक सहयोग गरेका हुन ।
समाजसेवी खड्का साैजन्य आधारभुत विद्यालयका पुर्व विद्यार्थी हुन ।
आफ्नो गाँउ समाजको आफैले पढेको विद्यालय पुर्वाधार विकासका लागी आफुले सहयोग गरेको खड्काले बताए ।
साैजन्य आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लोकेन्द्र खड्काले भनेः हाम्रो विद्यालयका पुर्व विद्यार्थी नवचन्द्र खड्काले विद्यालयको जग्गा खरिदको लागी गरेको सहयोगप्रती कृतज्ञता प्रकट गर्दछ। यसरी सबैले हातेमालो गरे पक्कै पनि हाम्रो विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठूलो टेवा पुग्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org