ताजा समाचार

कोरोना बीमाको पहिलो दाबी नेको इन्स्योरेन्सद्वारा भुक्तानी, गुल्मीका संक्रमितले पाए एक लाख

काठमाडौं ।नेको इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो बीमा कम्पनी बनेको छ ।

बीमा समितिले बैशाख ७ गते जारी गरेको बीमालेख अन्तर्गत करिब ५० दिनपछि पहिलोपटक दाबी परेको हो ।

कृषि विकास बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएपछि नेको इन्स्योरेन्सले एक लाख रुपैया भुक्तानी गरेको छ ।

शुक्रबार एक अनौपचारिक कार्यक्रमकाबीच नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र नेपाल  बीमक संघको अध्यक्ष दिप प्रकाश पाण्डेले कृषि विकास बैंकका नायव महाप्रबन्धक दिर्घ बहादुर अर्याललाई एक लाखको चेक हस्तान्तरण गरेका छन् ।

नेको इन्स्योरेन्सले समयमै दाबी भुक्तानी गरेर अन्य कम्पनीको तुलनामा नेको इन्स्योरेन्स अब्बल सावित भएको  छ ।यसले आम जनतामा बीमा प्रतिको विश्वासलाई  समेत बढाएको छ ।

नेको इन्स्योरेन्स नेपालको बीमा क्षेत्रमा अलि फरक ढंगले संचालन भएको छ ।प्रक्रिया पुर्याएर आउनेलाई नेको इन्स्योरेन्सले दाबी भुक्तानीमा सधै सहज रुपमा सेवा दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org