ताजा समाचार

पर्वतमा पहिरोले पुरिएर छजनाको मृत्यु, तीनजना बेपत्ता

काठमाडाैँ  । पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार  साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा, नातिनीको मृत्यु भएको छ । थप तीनजनाको पनि शव फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले  जानकारी दिए ।

उनका अनुसार प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले पनि त्यहाँ सुरक्षाकर्मीद्वारा उद्धार कार्य जारी छ । तुलबहादुर थापाको ६ जनाको परिवार र कमला विकको ३ जनाको परिवार पहिरोले पुरेको हो । ९ मध्ये ६ जनाको शव फेला परेको हो । पहिरोमा परेर अझै तीनजना बेपत्ता छन् ।

उद्धारकर्मीले शनिबार राति तीनजनाको र आइतबार बिहान तीन शव फेला पारेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org