ताजा समाचार

फुटबल टोलीका तत्कालीन कप्तान सागरसहित ६ जनाले पाए सर्वोच्चबाट सफाइ

काठमाडौं । नेपाली फुटबल टोलीका तत्कालीन कप्तान सागरसहित ६ जनाले सर्वोच्चबाट सफाइ पाएका छन् ।

म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका हुन् ।

सर्वोच्चका न्यायाधीसद्वय आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो । सर्वोच्चको फैसलासँगै सागरसहित सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सफाइ पाएका हुन् ।

यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै उनीहरुलाई सफाइ दिएको थियो । तर, सरकारी पक्षले उक्त फैसलाविरुद्ध २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।

महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो ।

अदालतले सफाइ दिए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी) ले उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org