मनाङमा पहिलो पटक संक्रमित भेटिए, गण्डकीमा एकैदिन ४२ जनामा संक्रमण
काठमाडाैँ । हिमालपारीको जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् ।
नेपालमा कोरोना संक्रमण देखिएको ४ महिनासम्म मनाङमा पहिलो पटक संक्रमित भेटिएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय पुरुष कर्मचारीमा संक्रमण देखिएको हो । उनको घर कपिलबस्तु बाडगंगा १४ रहेकोमा तराईबाट कार्यक्षेत्र फर्किने क्रममा संक्रमण देखिएको जनाइएको छ ।
गण्डकीमा ११ मध्ये यसरी १० जिल्लामा संक्रमण फैलिन पुगेको छ । गण्डकी प्रदेशमा बिहीबार मनाङसहित चार जिल्लामा ४२ जना कोरोना संक्रमित देखा परेका हुन् । यो संख्या एकैदिनमा देखिएको अहिलेसम्मकै उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना, तनहुँमा १२ जना, गोरखामा ११ जना र मनाङमा १ जनामा संक्रमित फेला परेको पुष्टि गरेको हो ।योसँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको सख्या २ सय ८९ पुगेको छ ।
संक्रमित ४२ मध्ये १ जना महिला छन् । उनी गोरखाको पालुङटार नगरपालिकाकी ४० वर्षीया हुन् । पालुङटारकै अन्य ६ जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु ४६, ४५, ४२, २८, २३ र ४१ वर्ष उमेरका पुरुष हुन् । त्यस्तै गोरखाकै शहीद लखन गाउँपालिकाका ४ जना पुरुषमध्ये वर्ष ५४, ३१, ३८ र २७ का पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकाका वर्ष २१ देखि ४५ उमेर समूहका १५ जना पुरुषमा कोरोना देखिएको छ भने गैँडाकोटका ३ जना छन् । तीमध्ये भरतपुर अस्पतालमा उपचार क्रममा गरिएको परीक्षणमा वर्ष २८ का पुरुषमा संक्रमण देखा परेको हो भने अन्य २ जनाको उमेर समूह खुलेको छैन ।
त्यस्तै, तनहुँको ऋसिङ गाउँपालिकाका ७ जनामध्ये वर्ष २० देखि ४० उमेर समूहका छन् । शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय तथा भानु नगरपालिकाका ४ जनामध्ये वर्ष २२, ४०, ४२ र ५२ वर्षीय पुरुष छन् । गण्डकीमा एकै दिनको अवधिमा गत जेठ २५ मा ३८ जनासम्म व्यक्तिमा कोरोना देखिएको थियो । गण्डकीमा कुल संक्रमितमध्ये हालसम्म २१ जना निको भएका छन् ।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...