ताजा समाचार

कोरोना संक्रमणबाट सुदूरपश्च‍िमका थप दुई जनाको मृत्यु

काठमाडौं । नोभेल कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुदूरपश्‍चमका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- २की ४३ वर्षीया महिला रहेका छन् ।

उनलाई जेठ ३१ गते कोरोना पुष्टि भएको थियो ।

गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

त्यसैगरी लक्कीचुहाकी महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । उनको असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो ।

उनको असार २ गते नै निधन भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org