ताजा समाचार

नेपालबाट यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)

काठमाडौं । आज आइतवार सूर्यग्रहण लागिरहेको छ।

यो ग्रहणले सूर्यलाई पूरै ढाक्ने छ। तर नेपालबाट खण्डग्रास (आधा मात्र ढाकेको) देख्‍न सकिनेछ। नेपालको पश्‍चिमी सिमाना लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशतसम्म ढाकेको देख्‍न सकिने खगोलविदहरुले बताएका छन्। खगोलविदहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइदिँदा सूर्य ग्रहण लाग्छ। चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेकिदिँदा यसको छायाँ पृथ्वीमा पर्नुलाई नै सूर्यग्रहण भनिने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन्।

उनका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिँदैछ। मध्यान्ह १२ बजेर ५ मिनेटमा ग्रहणले सूर्यलाई झण्डै ८८ प्रतिशत ढाकेको देखिने गौतम बताउँछन्। यस्तै ग्रहण नेपालबाट ४४ वर्षपछि मात्र देखिनेछ। खगोलविलले ग्रहण लागेर सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा केही चिसो महसुस हुने बताएका छन्।

सुरू  आइतवार लागेको सूर्यग्रहण अफ्रिकन मुलुक कंगोबाट सुरू भएको छ। त्यहाँबाट सुडान, इथियोपिया, यमन, ओमान, पाकिस्तान, उत्तरपश्‍चिम भारत, भारतको देहरादून, कुरूक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा टुङ्गिनेछ।  नेपालमा काठमाडौंसहितका नेपाली भूभागबाट पनि यो ग्रहण हेर्न सकिनेछ। नेपालमा सबैभन्दा धेरै देशको पश्‍चिमी बिन्दु दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट करिब ९८ प्रतिशत ढाकेको देख्‍न पाइनेछ।   लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र भारतीय अतिक्रमणमा परेको छ। भारतीय अतिक्रमणमा परेको लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशत ढाकेको देखिने छ। नेपाल सरकारले हालै मात्र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा समेटेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org