ताजा समाचार

पर्यटन मन्त्री सहभागी ‘जूम मिटिङ’मा एक मिनेट अश्‍लील भिडियो प्ले भएपछि…

काठमाडौं । नेपाल पर्यटन बोर्डको जुम मिटिङमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्ने क्रममा पोर्न (अश्लील) भिडियो देखिएको छ ।

नेपाल पर्यटन बोर्डले पर्यटन उद्योग खोल्ने तयारी स्वरुप सुरक्षा मापदण्डसहितको प्रोटोकल सार्वजनिक गर्न जुममा आयोजित कार्यक्रममा मन्‍त्री बोलिरहँदा भिडियोसहितको ‘पोर्न मुभी’ प्रशारण गरिएको थियो ।

कसले कहाँबाट यो भिडियो प्रशारण गर्‍यो भन्‍ने यकिन जानकारी नभए पनि मिटिङको लिंक ह्‍याक गरेर यस्तो भिडियो प्रशारण भएको हुन सक्ने बताइएको छ । त्यसअघि पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, पर्यटन व्यवसायीद्वय कर्ण शाक्य र दीपक महत बोलिसकेका थिए ।

कार्यक्रममा मन्‍त्री, सचिव, पर्यटन बोर्डका अधिकारीहरुसहित केही विदेशी, पर्यटन व्यवसायीहरु, सञ्‍चारकर्मीसहित  करिब सय जनाको सहभागिता थियो । यसअघि पनि नेपाल राष्ट्र बैंकले गरेको कार्यक्रममा पनि यस्तै घटना भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org