ताजा समाचार

रुकुम हत्याकाण्ड : वडाअध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । रुकुम पश्चिमको जिल्ला अदालतले सोतीगाँउ समूहिक हत्याको घटनामा चार जनाबाहेक सबैलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ ।

चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।

न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएकी किशोरीको आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको पीडितका तर्फबाट बहसपैरवी गरेका अधिवक्ता आरसी गौतमले बताए । साथै आरोपितहरु इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ । तीबाहेक अरु सबै आरोपित पुर्पक्ष थुनामा जानेछन् ।

यो आदेशमा चित्त नबुझाउने पक्षले उच्च अदालतमा निवेदन दिन पाउने बाटो भने खुला छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org