ताजा समाचार

काभ्रेमा गोली चल्यो, प्रहरी घटनास्थल जाँदै

काठमाडौं । काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको छ ।

बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले बिहानै गोली चलाएको हुनसक्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले आफू घटनास्थलतर्फ गइरहेको र विस्तृत विवरण आउन केही समय लाग्ने बताए । उनले भने,“बाटोमा मुढा लगायतका कुरा राखेर अवरोध गरिएको छ । अवरोध पन्छाउँदै गइरहेका छौं । अहिले नै के भएको हो भन्न सकिने अवस्था छैन ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org