ताजा समाचार

दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि , कोरोनाबाट मृत्यु हनेको संख्या २७

काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोशिस भइरहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा  कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या २७ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org