ताजा समाचार

चीनमै फेला पर्‍याे महामारी फैलिन सक्ने अर्काे नयाँ भाइरस

एजेन्सि । कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला यसको उद्गम मानिने चीनमै फेरि अर्काे नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्।

यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

फ्लु गराउने यो भाइरस सुँगुरमा पाइएको हो। जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेतावनी दिएका छन्।

बीबीसीका अनुसार यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन्।

यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्र रूपमा फैलिन सक्नेलगायतका सबै खालका सम्भावना देखिएको वैज्ञानिकले बताएका छन्।

यो नयाँ भाइरस भएकाले यसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भन्दै सचेत रहन वैज्ञानिकले चेतावनी दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org