ताजा समाचार

बालुवाटारमा ओली–प्रचण्ड निर्णायक वार्ता सुरु, विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको आन्तरिक कलहका विषयमा निर्णायक वार्ता सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा सहभागी छन् ।

‘सहमतिको विकल्प पनि छैन । आजको सम्बादले एउटा दिशा पक्रेला’, बालुवाटार निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘हामी सबैले संवादबाटै अघि बढ्नुपर्छ,पार्टी फुट्न दिनुहुदैन भनेका छौ । यसमा प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि कन्भिन्स हुनुहुन्छ भन्ने हामीले बुुझेका छौँ । अर्का अध्यक्ष पनि यस विषयमा गम्भीर हुनुहुन्छ भन्ने हामीलाई लागेको छ ।’

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै बिहीबार फेरि सरकारले पार्टीमा कुनै छलफल नै नगरी संसद अधिवेसन अन्त्य गर्ने निर्णय गरेपछि विवाद थप उचाइमा पुगेको थियो । स्थायी समिति बैठक जारी रहेका बेला र बिहानसम्म संसद अधिवेशन अनत्य नगर्ने बताएका ओलीले बैठकमा सहभागी नै नभइ संसद अधिवेसन अन्त्यको निर्णय गरेपछि प्रचण्ड नेपाल समुहका नेताहरु थप चिढिन पुगेका छन् ।

स्थायी कमिटी सदस्य एवं कृषि विकास मन्त्री घनश्याम भुषालको क्वाटरमा आज विहान पार्टीको पछिल्लो विवादबारे गम्भीर छलफल भएको नेता मणी थापाले जानकारी दिए। बैठकमा पार्टी एकताको पुरानो सहमतिलाई आधार मानेर अघि बढ्नुपर्ने र पार्टीलाई फुटबाट जोगाउनुपर्ने निष्‍कर्ष निकालिएको थापाले बताए। उनका अनुसार बैठकको निष्‍कर्ष भोलीको स्थायी कमिटी बैठकअघि नेता घनश्याम भुषालले दुवै अध्यक्षलाई जानकारी गराउनेछन्।

बैठकमा नेता भुषाल र थापासहित प्रदीप ज्ञवाली, योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, जनार्दन शर्मा र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org