ताजा समाचार

चन्द्रागिरी केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्ने तयारी

काठमाडाैँ । कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको चन्द्रागिरि हिल्स सञ्चालन गर्ने तयार रहेको सञ्चालकहरूले बताएका छन् ।

नेपालकै आर्कषक पर्यटकीय क्षेत्र चन्द्रागिरि सञ्चालनमा ल्याउन आफूहरू तयार रहेको सञ्चालकहरूले शुक्रबार पत्रकारसँगको कुराकानीका क्रममा बताएका हुन् ।

चन्द्रागिरी हिल्सका सञ्चालक हेमराज ढकालले पर्यटकीय केन्द्र कोरोना भाइरसका त्राससँगै बन्द अवस्थामा रहेको चन्द्रागिरि केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्न तयार रहेको बताए । उनले अब खुला गर्दा आन्तरिक पर्यटकलाई विशेष सहुलियतको प्याकेज दिने तयारी भइरहेको समेत जानकारी दिए ।

चन्द्रागिरि हिल्सकाका महाप्रर्बन्धक अभिषेक विक्रम शाहाले सरकारले खुला गर्न अनुमति दिए तत्कालै खुलाउन सकिने गरी, विश्व स्वास्थ्य संगठनको मापढण्डअनुसार खोल्नेलाई सबै कार्य तयारी भइसेको बताए । ‘हामी पूण रूपमा सुरक्षित र मर्यादित तवरले समाजिक दूरी कायम गर्दे र सरकारले खोल भनेसँगै हामी तयारी अवस्थामा छौँ’ महाप्रर्बधक शाहाले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org