ताजा समाचार

गोरखामा कोरोना संक्रमितको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या ३३ पुग्यो

काठमाडौं । गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो मानवीय हताहतिसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ। उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन्‌।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org