ताजा समाचार

गोङ्गबुको एक ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जले

काठमाडाैँ । गोङ्गबुको एक ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन्।

आइतबार बिहान नयाँ बसपार्क नजिकैको ग्यारेजमा रहेको माइक्रोबसहरू जलेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काले जानकारी दिए।

बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा १ ज ९६०९ नम्बरको माइक्रोबाट आगलागी सुरु भएको थियो ।

घटनाको प्रकृति हेर्दा प्राविधिक कारणबाट आगलागी भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी रोशन खड्काले बताए । तर, घटनाबारे थप अनुसन्धानपछि मात्र यकिन हुन सक्ने उनले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org