ताजा समाचार

चन्द्रागिरि हिल्सले स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर निष्‍कासन गर्दै

चन्द्रागिरि हिल्सले सर्वसाधारणमा १८ लाख कित्ता सेयर जारी गर्ने

काठमाडौं ।  चन्द्रागिरि हिल्सले सर्वसाधारण तथा स्थानीयका लागि शेयर निष्‍कासन गर्ने भएको छ।

यसका लागि नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सेयर निष्‍कासनको सम्झौता भएको छ। नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्‍कासन एवं प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी आइतबार चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैयाँ बराबरको शेयर प्रत्याभूत गर्ने सम्झौता भएको हो।

उक्त प्रत्याभूतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org