ताजा समाचार

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ । ९ हजार २ सय ३ जना आइसोसेलनमा उपचाररत छन् ।

४१.५ प्रतिशत संक्रमित संक्रमणमुक्त  भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org