बालिकाको बलात्कारपछि हत्या आरोपमा भारतीय नागरिक पक्राउ
जनकपुर । जनकपुरमा बालिकाको बलात्कारपछि हत्या आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले आइतबार भारत, उत्तर प्रदेशका ३२ वर्षीय दिपु सिंहलाई पक्राउ गरेको हो ।
भैंसी चराउन गएकी जनकपुरधाम उपमहानगर–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारको अर्धनग्न अवस्थामा गत शुक्रबार शव भेटिएको थियो । सिंहमाथि आँप दिने लोभ देखाएर बालिकाको बलात्कारपछि हत्या गरेको आरोप छ । उनी घटनास्थलनजिकैको मिश्र इन्डस्ट्रिजमा ५ महिनादेखि काम गर्दै आएका थिए ।
प्रहरीका अनुसार सिंहले बालिकाको हत्यापछि शव ब्ल्यांकेटमा बेरेर दूधमती नदी किनारको झाडीमा लुकाएको खुलेको छ । सिंहलाई जिल्ला प्रहरी कार्यालयले सोमबार सार्वजनिक गरेको हो ।
जिल्ला अदालतबाट म्याद थप गराएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । ‘बुधबार दिउँसो बालिकालाई आँपको प्रलोभनमा पारेर बलात्कार गरेलगत्तै हत्या भएको देखिन्छ,’ उनले भने, ‘बालिकाको शव पोस्टमार्टम, घटनास्थलको चहलपहल, सीसीटीभी क्यामेराको फुटेज र आरोपितको हर्कतका आधारमा अनुसन्धानपछि पक्राउ गरिएको हो ।’ घटनामा २० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि छोडिएको प्रहरीले जनाएको छ ।
भैंसी चराउन गएकी कञ्चन राति अबेरसम्म घर नआएपछि खोजी गरेको परिवारले बिहीबार प्रहरीमा उजुरी दिएको थियो । शुक्रबार धान रोप्न गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...