नेकपामा विवाद चुलिरहँदा, बढ्यो चिनियाँ राजदूत यान्छीको सक्रियता
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत हाउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् ।
उनले आइतबार साँझ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेटवार्ता गरेकी हुन् ।
आइतबार साँझ भएको यो भेटघाटमा के छलफल भयो भन्ने खुलाइएको छैन । नेकपामा विवाद बढेको यो समयमा यान्छीले बढाएको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्काेतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ।
यसअघि वैशाखमा नेकपामा विवाद हुँदा चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नेपाललगायतलाई भेटेकी थिइन् ।
अहिले फेरि नेकपामा विवाद भइरहँदा यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी हुन् ।
Comments
अरु समाचार
-
सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक (पूर्ण पाठ)
काठमाडाैँ । सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल...
-
नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी...
-
प्रतिनिधि सभा बैठक सुरु
काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसदहरुले गृह मन्त्री रबि लामिछानेको राजिनामा माग गरेका...
-
गृहमन्त्रीविरूद्ध प्रदर्शन गर्ने नेविसंघका १५ जना पक्राउ
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का १५ जना कार्यकर्ता पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको...
-
कांग्रेसले रविलाई बदनाम गर्न र फसाउन सहकारीको कुरा झिक्यो: ओली
काठमाडाैँ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई...
-
अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबिच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ । आज बिहान सिंहदरबारस्थित अर्थ...
-
उपाध्यक्ष महरा पक्राउबारे माओवादी पदाधिकारी बैठकमा छलफल
काठमाडाैँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका...
-
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
काठमाडौँ । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री...
-
बन्दुकसहित सर्वोच्च परिसरबाट प्रसाईँका सुरक्षा गार्ड पक्राउ
काठमाडौं । बन्दुकसहित सर्वोच्च परिसरबाट दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने...