ताजा समाचार

कुलमान घिसिङलाई पितृशाेक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।

घिसिङका बुवा कृपासिंह घिसिङको गएराति देहवसान भएको हो ।

९८ वर्षका घिसिङ राती बाथरुम जाँदा बेहोस हुन पुगेका थिए । मेडिकेयर अपस्तालमा लगिएका उनको राति १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

घिसिङका कुलमानसहित ६ जना छोरा र ३ जना छोरी छन् । घिसिङको तामाङ संस्कार अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने छ ।

घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिकास्थित बेथान गाउँ हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org