ताजा समाचार

‘सरकार कोरोना नियन्त्रणमा सफल छ, ‘जनताले साथ दिएका छन्’:मन्त्री ढकाल

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस नियन्त्रणमा सफलता पाइरहेको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय शिखर सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै ढकालले सरकारले कोरोना भाइरस नियन्त्रणमा सफलता पाइरहेको दाबी गरेका हुन्।  ‘अहिलेको कोभिड-१९ को महामारी नियन्त्रणमा सरकार निरन्तर खटिइरहेको छ।

परीक्षणका लागि एउटा मात्रै प्रयोगशाला रहेकोमा अहिले बढाएर २५ पुगिसेको छ। अझै विस्तार हुने क्रममा छ’, उनले भने, ‘नेपाल सरकारबाट भइरहेको कामलाई आमजनताले सहयोग गर्दै आएका  छन्। भविष्यमा सरकारको तर्फबाट आवश्यकता अनुसार थप कार्यक्रम गराउँदै जाने योजना छ।

‘ ढकालले सरकारले कोभिड-१९ को नियन्त्रणमा लकडाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारी निरन्तर आमजनता प्रवाह गर्ने रणनीति अपनाउँदै आएको बताएका छन्। उनले प्रभावित व्यक्तिहरुको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्‍चितता र मानवीय सिद्धान्तको उच्चतम अभ्यास भएको पनि उल्लेख गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org