ताजा समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, ६ हजार ८११ जना डिस्चार्ज

काठमाडौं । कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन्। मन्त्रालयका अनुसार बागलुङका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

मन्त्रालयका अनुसार सोमबार थप १८० जनामा कोरोना संक्रमण देखिएको छ भने २६४ जना कोरोना जितेर घर फर्किएका छन्।हालसम्म संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ भने निको हुनेको संख्या ६ हजार ८११ पुगेको छ।मन्त्रालयका अनुसार  रेड जोनमा ५१९ जना रहेका छन्।

यस्तै सोमबार काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण देखिएको छ। मास्कबिन घर बाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org