ताजा समाचार

साैजन्य आधारभुत विद्यालय पाङ्गालाई समाजसेवी युवाहरु गरे करिब ८५ हजार आर्थिक सहयोग

रुकुम (पुर्व)।  साैजन्य आधारभुत विद्यालय सिस्ने  गाउँपालीका वडा नं ३ पाङ्गालाई विद्यालयको भाैतिक पुर्बाधार विकासका लागी समाजसेबी युवाहरुले करिव रु ८५,०००  आर्थिक सहयोग गरेका छन ।

रुकुम पुर्व सिस्ने गाँउपालिका वडा नं ७ नाथीगाड र सान्चाैर स्थायी घर भइ हाल अमेरिका  रहेका समाजसेवी युवाहरुले प्रेम बहादुर रावतको नेतृत्वमा विद्यालयको भाैतिक पुर्वाधार निर्माणका लागी अर्थििक सहयोग गरेका हुन ।
रावतले भनेः  साैजन्य आधारभुत विद्यालयका पुर्व विद्यार्थी तथा समाजसेबी युवा नवचन्द्र खड्काको अनुरोधमा विद्यालय जस्तो पबित्र ठाँउमा   सानो रकम भए पनि सहयोग गर्न पाउदा खुसी लागेको ।

सामाज सेवी युवा रावत देशबाहिर रहेर पनि लामो समयदेखी समाज सेवाको क्षेत्रमा क्रियाशिल छन ।

साैजन्य आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लोकेन्द्र खड्काले भनेः हाम्रो विद्यालयका भाैतिक पुर्बाधार बिकासका लागी गरेको सहयोगप्रती कृतज्ञता प्रकट गर्दछ। यसरी सबैले हातेमालो गरे पक्कै पनि हाम्रो विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठूलो टेवा पुग्ने छ ।

सहयोगी व्यक्ती विवरण

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org