ताजा समाचार

मास्क लगाउन पहिला सम्झाई– बुझाइ गर्ने, अँटेरी गरे कारवाही

के तँपाई मास्क नलगाई घर बाहिर जादै हुनुहुन्छ ? होसियार

काठमाडौं ।  मास्क लगाउन अटेरी गर्नेलाई पक्राउ गरेर कानुनी कारवाही थाल्ने प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले बताएका छन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम रोक्नका लागि मास्कको प्रयोग गर्नुपर्ने बताउँदै अटेरी गरे कारवाही गरिने बताएका हुन् ।

उनका अनुसार काठमाडौंमा हालसम्म कसैलाई पक्राउ गरेर कारवाही नगरिएपनि दैनिक ५ हजार बढीलाई सम्झाई– बुझाइ गरिएको बताए । उनले भने,“पहिले सम्झाउँछौं । मास्क लगाउन प्रेरित गर्छौं । तर अँटेरी गरे नियन्त्रणमा लिएर कारवाही गर्छौँ ।”

काठमाडौंबाहिर भने प्रहरीले मास्क नलगाउनेलाई पक्राउ गर्न थालेको छ ।

उनका अनुसार अटेरी गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने र प्रहरीमाथि नै दुर्व्यवहार गरे अभद्र व्यवहारमा पनि मुद्दा चलाइने बताए । गृह मन्त्रालयले मास्क नलगाइ घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएसँगै प्रहरी सक्रिय भएको हो ।

गृहले मास्कको प्रयोग गर्नुपर्ने नियम पालना नभएको भन्दै अनिवार्य प्रयोग गर्न, २ मिटरको दूरी कायम गर्नुपर्ने र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org