ताजा समाचार

ललितपुर र काठमाडौंमा थपिए २३ जना संक्रमित

काठमाडाैँ ।ललितपुर र काठमाडौंमा बुधबार २३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, र ललितपुरका २३ जना नयाँ संक्रमित थपिएका हुन्।  गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा कोरोना पुष्टि भएको छ।  त्यसैगरी पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका १० जना,  र ललितपुरका ७ जना संक्रमित थपिएका हुन्।

उता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भने बुधबार उपत्यकाका व्‍यक्तिहरू संक्रमित फेला परेका छैनन्। सोमबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ जनामा र मंगलबार २८ जनामा कोरोना देखिएको थियो। देशका अन्य भागमा कोरोना संक्रमित घट्दै गर्दा काठमाडौंमा भने कोरोनाको ग्राफ उकालो लागिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org