ताजा समाचार

भारतीय सञ्चारमाध्यमको प्रचार पीत पत्रकारिताको नमूना : पत्रकार महासंघ

काठमाडौं । भारतको टेलिभिजन च्यानल जी टिभीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूत होउ यान्छीमाथि बनाएको रिपोर्टमाथि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघद्वारा जारी विज्ञप्तिमा जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । यो पित पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ । यस्तो अनर्गल र बकवासपूर्ण कदमको महासंघ कडा शब्दमा भर्त्सना गर्छ ।’

महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org