ताजा समाचार

ग्लोबल आईएमई बैंकका सीईओ कुँवरले दिए राजीनामा, कामुको जिम्मेवारी ढकाललाई

काठमाडाैँ । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुँवरले पदबाट राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएकाे बैंक सञ्चालक समिति स्रोतले बताएकाे छ ।

उनी गत २० मंसिरमा तत्कालीन जनता बैंकसँग मर्ज भएपछि ग्लोबल आईएमई बैंकको सीईओ बनेका थिए । दुवै बैंक मर्ज हुँदा सञ्चालक समिति अध्यक्ष ग्लोबल बैंककाे रहने र सीईओ जनता बैंककाे रहने समझदारीअनुसार नै उनी साे पदमा रहेका थिए ।

सोही समझदारीअनुसार अहिले ग्लोबल आईएमई बैंकको सञ्चालक समिति अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन् ।

सीईओ कुँवरले दिएकाे राजीनामा असार मसान्तदेखि लागू हुने गरी आजै स्वीकृत भएको सञ्चालक समिति स्रोतले जानकारी दिएको छ । सीईओ कुँवरले राजनीनामा दिएपछि कामु सीईओको जिम्मेवारी डेपुटी सीईओ महेश ढकाललाई दिने निर्णय भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org