ताजा समाचार

भारतका लागि नेपाली राजदूत आचार्यको जवाफ : भन्नुपर्ने ठाउँमा भनिएकै छ

काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बोल्नुपर्ने ठाउँमा आफू बोलिरहेको प्रतिक्रिया दिएका छन् ।

भारतीय मिडियाले नेपालबारे भ्रामक समाचार सम्प्रेषण गरिरेका बेला राजदूत आचार्य मौन रहँदा धेरैले सामाजिक सञ्जलमा उनको भूमिकामाथि प्रश्न उठाएका थिए । उनले भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरिरहँदा जवाफको रुपमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ट्वीटरमार्फत आचार्यले ‘बोल्नुपर्ने बोलिरहेको र भन्नुपर्ने ठाउँमा भनिरहेको’ भन्दै स्पष्टिकरण दिएका छन् । भारतीय मिडिया र केही नेताको अभिव्यक्तिबारे नेपाली राजदूतले केही एक्सन लिन नसकेको भन्दै आचार्य पछिल्ला दिनमा आलोचिन बन्दैआएका छन् ।

आचार्यले ट्वीटरमा लेखेका छन्, बोल्नपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ।’ आचार्यले ट्वीटमा सन्दर्भ नजोडे पनि आफूमाथि उठेका प्रश्नको जवाफ दिएको रुपमा बुझिएको छ । सीमा विवाद लगायत विभिन्न राजनीतिक मुद्दामा नेपाल र भारतबीच सम्बन्ध चिसिरहँदा लामो समयपछि राजदूत आचार्यले आफ्नो बचाउ गर्दै प्रतिक्रिया दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org