ताजा समाचार

‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गरेको आरोपमा ज्योतिष अर्जुन क्षेत्री पक्राउ

काठमाडाैँ । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन्।

उनलाई बिहीबार राति अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।

क्षेत्रीले ‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको स्रोतले बताएको छ। तर अख्तियारका प्रवक्ताले प्रदीपकुमार कोइरालाले भने अहिले जानकारी आइनसकेको बताएका छन्।

उनलाई महानगरीय अपराध महाशाखा र अख्तियारको टोलीले पक्राउ गरेको हो।

यसबारेमा विस्तृत विवरण आउन बाँकी छ।

यसअघि पनि उनी भूकम्प आउँछ भन्ने अफवाह फैलाएपछि पक्राउ परेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org