ताजा समाचार

सप्तकोसीमा यो वर्षकै उच्च बहाव : रातो बत्ती बालियो

काठमाडाैँ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

पानीको बहाव यो वर्षकै उच्च भएपछि भारतले सप्तकोशी नदीमा खतराको रातो बत्ती र दुईटा रोता झण्डा फहराएको छ । सप्तकोशी नदीमा शुक्रबार मध्यान्‍न १२ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २५ हजार ५५ क्यूसेक पुगेको शसस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए।

पानीको बहाव बढेसँगै सप्तकोसीका ५६ ढोकामध्ये ३३ वटा मात्र ढोका खोलिएका छन् ।

पूर्वी पहाडि र मध्यपहाडि जिल्लामा परेको लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । सप्तकोसीमा प्रतिसकेण्ड पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन् ।

सप्तकोसीमा पानीको बहाव वर्षकै उच्च भएपछि कोसी प्रभावित क्षेत्र सुनसरीका महेन्द्रनगर, प्रकासपुर, हरिपुर, बराहक्षेत्र लगायत दर्जनौ बस्तीका वासिन्दा त्रसित भएका छन् । बुधबारदेखि सुरु भएको वर्षा पहाडि जिल्लामा नरोकिएका कारण सप्तकोसीमा पानीको बहाव विस्तारै बढिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org