ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा अध्यक्ष प्रचण्ड

काठमाडाैँ । सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार चितवनको बाढी ग्रस्त क्षेत्र निरीक्षण गरेका छन् ।

नारायणी नदीले कटान गरेको मेघौली र माडीमा अध्यक्ष प्रचण्डले निरीक्षण गरेका हुन् ।

मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको उनले स्थानीयलाई बताए ।

अध्यक्ष  प्रचण्डले प्रधानमन्त्रीसँग शनिबार बैठक भएपनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको बताए ।

माडी र मेघौली प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org