ताजा समाचार

देश र पार्टीलाई दुर्घटनामा जान नदिन अन्तिम समयसम्म पहल गर्छुः अध्यक्ष प्रचण्ड

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र पार्टीलाई दुर्घटनामा जान नदिन आफूले अन्तिम समयसम्म पहल गर्ने बताएका छन्।

बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन शनिबार दिउँसो गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले माडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु पार्टी एकतालाई कमजोर पार्न हुँदैन भन्ने कुरामा दृढ रहेको बताए। ‘देशलाई दुर्घटनामा जान नदिन, पार्टीलाई दुर्घटनामा जान नदिन अन्तिम समयसम्म पहल गर्छु’, उनले भने।

उनले पार्टी एकतालाई  थप मजवुद बनाउन आफूहरु लागिरहेको जानकारी दिए।

हतारमा निर्णय गरेर पुर्सदमा पछुताउने पक्षमा आफूहरु नरहेको उनकाे भनाइ थियाे। पार्टी एकता ऐतिहासिक र असाधरण काम भएको बताउँदै उनले यसलाई कमजोर बनाउन नहुने बताए।

उनले पार्टीभित्र केही समस्या र अप्ठ्याराहरु रहे पनिे कुनै न कुनै समझदारीरी गरेर अगाडि बढ्ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org