ताजा समाचार

‘हामी सबैले नाकाबन्दीको सामाना गरेको हो, सबैले नक्सा जारी गरेको हो’ कोही महान् राष्ट्रवादी होइन : प्रचण्ड

‘पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन’

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु उपयुक्त नभएको बताएका छन्।

आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने र अरुलाई गलत चित्रण गरिएकोमा आपत्ति जनाए।

उनले नेपालमा कोही महान राष्ट्रवादी नभई सबैले मिलेर नाकाबन्दीको सामाना गर्नेदेखि नयाँ नक्सा जारी गर्ने काम गरेको बताए।

‘यहाँ कोही राष्ट्रघाती दलाल कोही महान राष्ट्रवादी भन्ने होइन’, उनले भने, ‘हामी सबै मिलेर नाकाबन्दीको सामाना गरेको हो, सबे मिलेरै नक्सा बनाएको हो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org