बाढीपहिरोबाट देशभर ८० जनाको मृत्यु, ५१ बेपत्ता, ५० घाइते
काठमाडौं । गृहमन्त्रालयले जेठ ३१ यता बाढी पहिरोमा परी ८० जनाको मृत्यु भएको जनाएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहसचिव महेश्वर न्यौपानेले बाढी पहिरोबाट भएको क्षतिको विवरण जानकारी गराएका हुन् ।
उनका अनुसार बाढी पहिरोबाट ८० जनाको मृत्यु र ५१ जना बेपत्ता र ५० घाइते, १३४ घरमा क्षति भएको छ । उनले बाढी पहिरोले क्षति पुर्याएका ४ वटा कारण भएको पनि बताए ।भूगोल, पहाडको माटोको अवस्था पनि बाढी पहिरोको कारण रहेको उनले बताए । भूकम्पले ठाउँ ठाउँमा चिरा परेको र ती ठाउँमा पानी पर्नासाथ त्यसको असर देखिएको । यस वर्ष प्रिमनसुन भएकाले पछि पानी पर्दा पहिरो गएको भन्दै उनले डोजर इन्जिनियरका कारण पनि पहिरो आएको बताए ।
त्यस्तै उनले सरकारी खर्चमा हेलिकप्टर राहतका लगि मात्र उडेको पनि जानकारी गराए । संसदमा प्रतिनिधित्व गर्ने सोही क्षेत्रका सांसदलाई लगिएको भने उनले स्वीकार गरे । सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकमा निजी प्रयासमा गएको पनि जानकारी गराए ।
Comments
अरु समाचार
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...