ताजा समाचार

कविता- श्रावण

मन्दमन्द स्पर्शले मन्त्रमुग्ध बन्दै, यत्रयत्र बहन्छाैँ कि झै लाग्छ

श्रावण

       -अशोक शेरचन

तिमी जस्तै मैमत्त  लाग्छ श्रावण

झरी परिरहन्छ  चारै प्रहर

तैपनि,

तिमी जस्तै मधुबनी लाग्छ श्रावण

पोखिई पो हाल्छाैँ कि झैँ लाग्छ

श्रावण जस्तै,

मन्दमन्द स्पर्शले मन्त्रमुग्ध बन्दै

यत्रयत्र बहन्छाैँ कि झै लाग्छ

श्रावण जस्तै

सुस्तरी सुस्तरी मदहोश ओठहरु

निथ्रुक भिजाउछाैँ कि झै लाग्छ

श्रावण जस्तै

चमकचमक मृगालुनयनहरु चम्काउदै

सुटुक्क तर्साउछाैँ कि झै लाग्छ

श्रावण जस्तै

कतै उठेका कतै बसेका थुम्काहरु

बादजुको घुम्टोमा हराएझैँ

परेलीमै सपकक्कै लुकाउछाै कि झै लाग्छ

श्रावण जस्तै

प्रकाशपुञ्ज छर्दै आकाशगर्जिदा

निमेषमै पुञ्ज हराएसरी

मुटुमै भलाउछाैँ कि झै लाग्छ

श्रावण जस्तै

तिमी श्रावण जस्ती की

श्रावण तिमी जस्ती

दोधारमा छु , दोधारमा छु

रचना/ लेखक- अशोक शेरचन ( प्रभु बैंकका सिईओ ) उहाँको फेसबुकबाट साभार गरिएको )

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org