ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्सको कार्यबाहक सिईओमा प्रसाई नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।

कम्पनीले साउन १ गतेबाट लागू हुनेगरी प्रसाईंलाई कार्यवाहक सिईओको जिम्मेवारी दिएको हो ।

यसअघिका प्रमुख कार्यकारी अधिकृत रहेका विवेक झाको कार्यकाल सकिएसँगै सोही कम्पनीको उप–प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका प्रसाईंलाई कम्पनीले कार्यवाहक सिईओको जिम्मेवारी दिएको हो ।

असार ३१ गते बसेको संचालक समितिको बैठकले प्रसाईंलाई कार्यवाहक सिइओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा समेत सात वर्ष लामो अनुभव बटुलिसकेका प्रसाईँ विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध रहँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org