ताजा समाचार

केराबारी गाउँपालिकाका अध्यक्षमाथि कार्यकक्षमै छुराप्रहार

काठमाडाैं ।  पटके कर संकलन गर्ने विषयमा विवाद हुँदा मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ ।

शुक्रबार कार्कीलाई कार्यकक्षमै धारिलो हतियार छुरा प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार छुरा प्रहारबाट कार्कीको टाउकोमा चोट लागेको छ । छुरा प्रहार गरेको आरोपमा केराबारी १० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न ठकुरीले २०७६/०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्का लिएका थिए । साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि कार्कीमाथि छुरा प्रहार भएको प्रहरीले बताएको छ ।

ठकुरीले गाउँपालिकाको कार्यालयको सुरक्षार्थ खटिएका गार्डले बोकेको खुकुरी समेत खोसेर लगेका थिए । प्रहरीले ठकुरीलाई छुरा र खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org