ताजा समाचार

वाणिज्य बैंकहरुले कम्तीमा १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने

काठमाडौं। कृषि क्षेत्रको विकास लागि वाणिज्य बैंकहरुले कुल कर्जाको १५ प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुले कुल कर्जा प्रवाहको १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको हो। हाल वाणिज्य बैंकहरूले कुल कर्जामध्ये १० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्दै आएका छन्।

राष्ट्र बैंकका अनुसार विस.स २०८० असार मसान्तसम्म न्यूनतम १५ प्रतिशत कर्जा कृषि क्षेत्रको विकासमा लगानी गर्नुपर्ने छ। उक्त कर्जा कृषि क्षेत्रको पूर्वाधार विकास र खेतीमा लगानी गर्नुपर्ने हुन्छ।

त्यस्तै, फलफूलमा आत्मनिर्भर हुने गरी कर्जा प्रवाह गरिनुपर्ने छ भने रेशम र जुट जस्ता वस्तुको खेती गर्न वितरण गरिने कर्जामा लचकता अपनाउनुपर्ने हुन्छ।

कृषि ऋण पत्रमा लगानी गर्न प्रोत्साहन गरिने छ। कृषि कर्जा खरिदबिक्रीको व्यवस्थालाई सरलीकरण गर्ने तथा किसान क्रेडिट कार्डको व्यवस्था गरिने राष्ट्र बैंकले बताएको छ।

यसका साथै, नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषि तालिमको विकास गर्न आवश्यक संरचनाको विस्तार गरिने गर्भनर महाप्रसाद अधिकारीले बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org